काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगको खेलमा राम्रो प्रदर्शन गरिरहेको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरको खेल सकिँदा एक विकेट पनि नगुमाई १ सय ५४ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
कुशल र आसिफको यो साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो ।
Facebook Comments Box