धनगढी : लघुवित्तीय संस्थाबाट पीडित बनेकाहरुले भोलि सुदूरपश्चिम प्रदेश बन्दको आह्वान गरेका छन्।
आफूहरुमाथि लगानीका नाममा चरम शोषण भएको बताउँदै संघर्ष समितिले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। जसअन्तर्गत भोलि(असार ११ गते) सुदूरपश्चिम बन्द सफल पार्न उसले आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो।
लघु वित्तीय संस्थाहरुले चर्को चक्रवृद्धि ब्याजदर तथा पुर्नकर्जाको नाममा चर्को शुल्क असुल्ने गरेकाले आफूहरु विगत १६ महिनादेखि देशव्यापी रुपमा आन्दोलनरत रहेको समितिले जनाएको छ।
यस्तो छ विज्ञप्ति

Facebook Comments Box