काठमाडौं : केही समय अघि भ्रमणका लागि अष्ट्रेलिया पुगेकी गायिका समीक्षा अधिकारी र अष्ट्रेलियामै भएका नायक आमेश भण्डारीको एकाएक प्रेम चर्चा सुरु भयो ।
उनीहरुको ब्याक टु ब्याक जोडी टिकटक देखेपछि दर्शकहरुले यी दुई प्रेममा भएको हुनसक्ने अड्कल काट्न थाले । आमेस र समिक्षाले टिकटकमात्र नभई एकअर्काको जन्मदिनमा समेत जोडी तस्विर राखेर बर्थडे विस गरेका थिए ।
केही समयको अष्ट्रेलिया बसाईपछि समिक्षा नेपाल फर्किइन् । यतिबेला आमेश पनि घर फर्किएका छन् । नेपाल फर्किएलगत्तै उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले समिक्षाको परिवारबाट प्रस्ताव आए आफू समीक्षासँग विवाह गर्न तयार भएको बताएका छन् ।
‘समीक्षाको बुबाआमा केटा माग्न तपाईको घर आउनुभयो भने तपाईँ समिक्षासँग विवाह गर्नुहुन्छरु’ भन्ने प्रश्नको उत्तर दिँदै उनले भनेका छन, ‘त्यस्तो भयो भने त म एकदम लक्की हुन्छु। मेरो उमेर पनि भईसक्यो। म विवाह गर्छु ।
उनले दिएको यो अभिव्यक्तिको क्लिप्स अहिले टिकटकमा भाइरल छन् । उनले कार्यक्रममै समिक्षाको लागि ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकौला’ बोलको गीत पनि गाईदिएका छन् ।
प्रेम चर्चाबीच आमेशले दिएको यस्तो अभिव्यक्तिले दर्शकलाई यी दुईबीच निकटता बढेको हुनसक्ने संकेत मिले पनि नायक आमेसले भने आफू र समीक्षा प्रेममा नरहेको बताएका छन।