धनगढी: हास्य टेलिसिरियल नसानाडी सार्वजनिक गरिएको छ। सुदूरपश्चिमका कलाकारहरुले निर्माण गरेको उक्त सिरियलको आज औपचारिक सार्वजनिकीकरण गरिएको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित राजघाटमा छायाँकन गरिएको नसानाडीले समाजमा भएका विकृति, सुदूरपश्चिमको भाषा र संस्कृतीलाई उजागर गरेको बताइएको छ। यस्तै सुदूरपश्चिमका समसामयिक विषय पनि यसले समेटेको छ। आज एक कार्यक्रमका बीच सो सिरियल सार्वजनिक भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले सो सिरियल निर्माण गर्ने टिमलाई बधाई तथा शुभकामना दिदै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै डिएण्डबि ईन्टरटेटमेन्ट प्रालिका अध्यक्ष मेघा भट्टले सो सिरियलले सुदूरपश्चिमको कला क्षेत्रको विकासमा भूमिका खेल्ने बताइन्। उनले आफ्नो टिम जहिले समाजमा भएका विकृतिलाई खण्डन गर्ने र सुदूरपश्चिमलाई चिनाउने कार्यमा लाग्ने बताइन्।
सिरियलको कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजयराज जोशी र दीर्घ शाहीले गरेका हुन्। भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली र बिष्नु भण्डारीले गरेका छन्। उक्त सिरियल देउराली कृयसनबाट प्रसारण हुने जनाईएको छ। आज साउन १ गते राति ८ बजेदेखि प्रत्येक सोमबार सोही समयमा प्रशारण सिरियल प्रसारण हुने छ।
उक्त सिरियलमा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ। सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको छन् भने फिमेल आवाज निसा दहितले दिएकी छन्।