धनगढीः कैलालीको गेटामा झण्डै ५ अर्बको लगानीमा चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारिएको थियो। अहिले पनि केही संरचना निर्माणको काम जारी छ।
क्याबिनेट बैठकले निर्णय गरेको तर बजेटमा प्रतिष्ठान भनेर आएको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भइरहेको हो।
तर संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमा पूर्वाधार समिति खारेजको विषय उल्लेख गरिएको छ। जसका कारण अन्योल बढेको पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले बताए। उनले भने, ‘काम सक्न अझै एक वर्ष लाग्छ। अझै ९० करोड बजेट आवश्यक छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै अस्पताल सञ्चालनको तयारी गरेका बेला पूर्वाधार समिति भने खारेज गरिएको हो।
Facebook Comments Box