बैतडी: भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार शनिवार बिहान ५ बजेदेखि बाँध खोलिएको हो भने बेलुका ८ बजेसम्म खुला रहनेछ ।
बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढेकाले नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने गरेको छ । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।
Facebook Comments Box