धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू धनगढी पुगेका छन् । धनगढीमा रास्वपाको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम छ । शुक्रवार र शनिवार हुने सोही कार्यक्रम अन्तर्गत पार्टी नेता र कार्यकर्ताहरूलाई प्रशिक्षण दिन नेताहरु धनगढी पुगेका हुन् ।
केन्द्रीय उपसभापति डिपि अर्याल, सांसद गणेश पराजुली र विराजभक्त श्रेष्ठ, पूर्व बैंकर अनिलकेसरी शाह र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आज धनगढी पुगेका छन् ।
धनगढी पुगेर राजपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा उपसभापति अर्यालले पार्टी संसदीय मार्यादाको परिधिभित्र रहेर रचनात्मक प्रतिपक्षीको भूमिका खेली रहेको बताएका छन्।
प्रशिक्षणमा रास्वपा सुदूरपश्चिमका नेताहरूको सहभागिता रहने रास्वपा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।
Facebook Comments Box