धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। ढलेको रुख सडकबाट हटाइएसँगै सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो ।
साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो। सोही क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर फेरि अवरुद्ध हुन पुगेको राजमार्ग पुन: सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
Facebook Comments Box