धनगढी: नेपाली सेनाले आर्थिक वर्ष २०७९–८० मा ५३८ सैनिकलाई दण्डसजाय दिएको छ। पहिलाभन्दा अहिले कारबाहीमा पर्ने तल्लो दर्जाका सैनिकको संख्या घट्दा सेनानी, सहसेनानीलगायतको संख्यामा भने बृद्धि भएको पाइएको छ।
स्रोतकाअनुसार यसक्रममा एक जना महासेनानीले समेत कारबाही भोगेका छन्। त्यसैगरी, कारबाहीमा पर्ने प्रमुख सेनानीको संख्या दुई पुगेको छ। स्टाफ कलेज गर्न नसक्ने तर दण्ड पाउने मेजरको संख्या भने ८ रहेको छ।
यस्तै एक उपसेनानीले पनि कारबाही भोगेका छन्।सो अवधिमा एक जना प्रमुख सुबेदार पनि कारबाहीमा परेका छन्। दण्डित हुने सुबेदारको संख्या ७ पुगेको छ। कारबाहीमा पर्ने जमदारको संख्या १२ रहेको छ।
सजायँ पाउने अमल्दारको संख्या ९७ पुगेको छ। यस्तै कारबाही भोग्ने सिपाहीको संख्याचाहिँ दुई सय पुगेको छ। सजाय पाउने ब.का.सि को संख्या भने ४७ रहेको बताइएको छ।
Facebook Comments Box