धनगढीः कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटउपर आज सुनुवाई गर्दै परमादेश जारी गरेको हो। न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश दिएको हो।
भर्खरै पदमुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्यको समेत मत लिएपछि उक्त कदम असंवैधानिक रहेको जिकिर लिएर एमाले नेता कार्की अदालत पुगेका थिए।
Facebook Comments Box