बझाङ: बझाङको मष्टामा दुई बालिकामाथि बलात्कार भएको छ । मष्टा गाउँपालिका-१ रनाडा रुपदेउली टोलमा दुई बालिकालाई तीन जना किशोरले जबरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीका अनुसार आरोपित तीनै जना फरार छन् । पीडित बालिकाहरुलाई भने जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ ।
यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाका आफन्तले बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ ।
प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको बताउँदै उनीहरुले किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ ।
Facebook Comments Box