काठमाडौं: आउँदो आइसिसी यू–१९ विश्वकपमा पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसँग खेल्ने भएको छ । आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले आउँदो वर्षको १३ जनवरीमा न्यूजिल्याण्डसँग खेल्ने भएको हो ।
नेपालले दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग खेल्नेछ । नेपालले २० जनवरीमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्ने तालिका छ । श्रीलंकामा आयोजना हुने विश्वकप १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म हुनेछ ।
गत २ मार्चमा भएको एसिया छनोट फाइनलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकप छनोट भएको हो ।
आसन्न विश्वकपमा १६ देशको सहभागिता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘डी’ मा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।
Facebook Comments Box