काठमाण्डौं : प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।
‘इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज आइतवार भारत प्रस्थान गरेका हुन्। प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए।
भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सम्मेलन भोलि सोमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ। सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ।
Facebook Comments Box