काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो। उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ।
आगामी मंसिर १८ मा निर्णय सुनाउने तयारी भएको अदालत स्रोतको भनाइ छ। प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ भएको हो।
द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गरेका थिए।
Facebook Comments Box