कञ्चनपुरः कञ्चनपुरमा अवैध औषधि विक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डाका ४३ वर्षीय सुनिराम चौधरी पक्राउ परेका हुन्।
उनी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडीकल सञ्चालन गर्दै आएका थिए। चौधरीले संचालन गरेको जनता मेडीकल हलमा अवैध औषधिसहित उनलाई प्रहरीले पक्राउ गरेकोे हो।
चौधरीलाई कार्वाहीको लागि औषधि बिभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ।
Facebook Comments Box