काठमाडौं: सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ।
होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ।
विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।
Facebook Comments Box