धनगढी: सुदूरपश्चिममै पहिलोपटक प्रहरीले सुधारकेन्द्र स्थापना गरेर सञ्चालन गरेको लागुऔषधको कुलतमा फसेकालाई सुपथ शुल्कमा गुणस्तरीय उपचारको व्यवस्था गर्न कैलालीको धनगढीमा आसरा सुधार केन्द्र स्थापना गरिएको हो।
प्रहरी नायब महानिरीक्षक(डिआइजी) भरतबहादुर बोहराको नेतृत्वमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापनाका लागि सम्झौता भएको थियो।
आइतबार नगरप्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। जसअनुसार धनगढी उपमहानगरपालिका–१४ फुलवारीस्थित ज्येष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना भइसकेको डिआइजी बोहराले बताए।
Facebook Comments Box