काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ।
दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दावेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ।
आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बंगलादेशले ६ विकेटको जित निकालेको थियो।
एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्।
Facebook Comments Box