धनगढी: प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन्।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन्। जिप्रका कैलालीमा रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएको बताइएको छ।
तर, जोशीले त्यो बेला नबुझेको पदक आज बुझेको बुझिएको छ। यसअघि असोज १० मा जोशी कारबाहीमा पनि परेका थिए। कारबाहीको एक महिना नपुग्दै उनलाई पुरानो पदक दिइएको हो। गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत रहदा जोशीलाई हेडक्वाटर तानिएको थियो।
कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यसबेला प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।
डीएसपी जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा अर्का डिएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको थियो। मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको थियो।
सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो। मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका एक प्रहरीले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडलाई उक्साएका थिए। यहीँ प्रकरणलाई लिएर जोशीको सरुवा भएको थियो।
पदक प्राप्तको समयमा अन्यथा भएकाले सच्च्याइएको-सम्पादक