काठमाडौँ: हमास समुहको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको एक युवतीको भिडियो सार्वजनिक गरेको छ ।
अक्टोबर ७ को हमलापछि हमासले बन्धक बनाएकाको सार्बजनिक भएको यो पहिलो भिडियो हो । हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलको दाबि छ । भिडियोमा माया शेम नाम गरेकी २१ वर्षकी युवतीलाई सार्वजनिक गरिएको छ र इजरायलको शोहम सहरकी भएको बताएकी छिन् ।
दक्षिणी इजरायलको संगीत महोत्सवबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ ।
https://www.facebook.com/watch/?v=2005647199796982&t=0
Facebook Comments Box