वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्।
ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो । ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए ।
उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् ।
Facebook Comments Box