एजेन्सी : अमेरिकी राष्ट्रपति जो वाइडेन युद्धग्रस्त इजरायलमा पुगेका छन् ।
आफ्नो कार्यकालकै सबैभन्दा महत्वपूर्ण भ्रमणका रुपमा उनी इजरायल पुग्नुलाई हेरिएको छ । उनी बुधबार इजरायल पुगेका हुन् । इजरायलमा उनी तेल अबिब क्षेत्रमा अवतरण गरेका छन् ।
इजरायलमा भ्रमणमा रहेका वाइडेनले गाजा सिटी अस्पतालमा भएको आक्रमण ‘अर्को समूह’ले गरेको भन्दै कूटनीतिक जवाफ दिएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातनयाहुसँग भेटवार्ता गरेका बाइडेनले अमेरिकीहरु चिन्तामा रहेको बताएको सीएनएनले जनाएको छ ।
Facebook Comments Box