एजेन्सी : कतारको एक अदालतले ८ पूर्व भारतीय नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि लागेको आरोप सार्वजनिक भएको छैन।
भारतीय नौसेनाका पूर्व अधिकारीहरूलाई ३० अगस्ट २०२२ मा पक्राउ गरिएको थियो। यसप्रति भारत सरकारले आश्चर्य व्यक्त गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले उनीहरुलाई रिहा गर्न कानुनी बाटो खोजिरहेको जनाएको छ।
सबै ८ भारतीय कतारको अल दाहरा नामक निजी कम्पनीमा काम गर्थे । यो कम्पनीले रक्षा सेवा प्रदान गर्दछ।
Facebook Comments Box