धनगढीः सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन्।
धनगढीमा यहीँ मंसिर २२ गतेदेखि सुरु हुने महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघले बताएको छ।
मंगलवार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको थियो।
सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ।
Facebook Comments Box