डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा संस्कृति झल्काउने खालको देउसी भैलो खेलिएको छ।
सोमबार अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा देउसी भैलो खेलिएको हो।
अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाले संस्कृति झल्काउने उदेश्यका साथ देउसी भैलो कार्यक्रम राखेको हो।
तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ।
पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए।
नेपाली सेनाका जवनाहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलिएका हुन्।
Facebook Comments Box