धनगढी: गएराति धनगढीमा भएको भीषण आगलागीले सारथी अस्पताल जलेर ध्वस्त भएको छ । छेउमै रहेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको उक्त अस्पताल आगलागीले ध्वस्त बनाएको छ। अस्पताल नजिक अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको थियो।
मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले जानकारी दिए। उनले क्षतिको विवरणबारे अहिले भन्न नसकिने बताए।
आगलागीबाट अस्पतालसहित आठ पसलमा क्षति पुगेको छ ।
Facebook Comments Box