धनगढी : कञ्चनपुरमा व्यापारीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका-१ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बस्ने नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका-७ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेब जोशी रहेका छन्।
साउँद र जोशीले बेदकोट नगरपालिका- ७ लालपुरमा विगत केही समयदेखि सर्वसाधारण तथा व्यापारीलाई रकम माग गरी डर त्रास देखाइ फोन तथा म्यासेबाट ज्यान मार्ने सम्मको धम्की दिने गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
दुबै जनालाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
Facebook Comments Box