काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन्।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन्।
मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन्।
विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन्।
Facebook Comments Box