काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन्।
प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन्। साथै प्रसाईंलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ।
‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्,’ उनले भने, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कनन्। सरकारले आफूलाई तत्काल सच्याओस्।’
Facebook Comments Box