काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। न्यायापरिषदको मंसिर ५ को निर्णयअनुसार सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको थियो।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू विरुद्ध उजुरी दिन सर्वसाधारणका लागि आह्वान गरेको हो।
उजुरी आह्वान गरिएका प्रस्तावित न्यायाधीशहरूमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल छन्।
समितिका सभापति पशुपति शम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।
Facebook Comments Box