गाजा : हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।
इजेदिन अल–कासम ब्रिगेडले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको हो।
यसैबीच इजरायल र हमासबीच युद्धविराम भएको आज तेस्रो दिन हो। कतारको मध्यस्थतामा इजरायल र हमासबीच चारदिने युद्धविराम गर्ने सहमति भएको हो। युद्धविरामको अवधि गत शुक्रबार बिहान ९स्थानीय समय० देखि सुरु भएको हो।
Facebook Comments Box