बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा लागुऔषध (गाँजा)सहित तीन जनालाई पक्राउ गरेको हो।
प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ वर्षीय खडक खड्का, गोरखाको अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरुङ रहेका छन्।
उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।
नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखि अनुसन्धान भइरहेको समेत डिएसपी शाहले बताए।