कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले सेप्टी ट्याङकीको पानी ढलमा हाल्नेहरुका पाइप काट्ने भएको छ। आजबाट पालिकाले पाइप काट्ने कामको शुरूवात गरेको हो।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारको भित्री गल्लिमा ढलसहितको सडक निर्माण गरिरहेको छ।
निर्माणाधिन ढलमा बजारका स्थानीयहरुले नालीमा सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए। चौतर्फी आलोचनापछि नगरपालिकाले आजदेखी सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने काम गरिरहेको छ।
महेन्द्रनगर बजारका गल्लि नम्बर २ र ३ का पछाडीको ढलमा स्थानीयले व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको खबर आएपछि नगरपालिकाले पाइप काट्ने काम शुरु गरेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।
‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा हालेको कुरा हामीले जानकारी पाउने वित्तिकै ती पाइप काटेका छौँ ।’ उनले भने ‘अन्य गल्लिमा समेत नालि तोडेर ढलमा सेप्टी ट्याङकीको ढल मिसाएको कुराहरु आएका छन् ।’
नगरपालिकाले घरको पानी र पार्किङको लागी भित्री गल्लीमा ढल सहितको सडक निर्माण गरिरहेको छ । अन्य ठाउँमा पनि अनुगमन गरि सेप्टी ट्याङकीको पानी ढलमा हालेको भेटिएमा त्यस्ता पाइप काटेर जफत गरिने ,पहिलोपटक सम्झाइ बुझाइ गर्ने ,फेरि गरेको पाएमा कानुनी कार्वाही गरिने नगर प्रवक्ता खडकाले बताए ।
नगरपालिकाले पटक–पटक सूचना प्रकाशन र माइकिङ गर्दागर्दै पनि केही व्यक्तिहरुले नगरपालिकालाई अटेरी गरि सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका हुन।