डडेल्धुरा : डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तराष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन्।
एसियन कराते महासंघले लिएको अन्तराष्ट्रिय प्रशिक्षकको परिक्षामा उनी पास भएका हुन्। जिल्लाको अमजमेरु गाउँपालिका–६ कानाकोटमा जन्मेका ३४ वर्षीय पन्त २०६२ सालबाट खेलकुद क्षेत्रमा सक्रिय छन्।
उनी योभन्दा अगाडि अजयमेरु गाउँपालिकाको मुख्य खेलकुद प्रशिक्षक थिए। सानैदेखिको अन्तराष्ट्रिय कोच बन्ने सपना पूरा भएपछि उनले खुसी व्यक्त गरे।
Facebook Comments Box