धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ। पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो।
बुधबार पूजाका लागि डोटी गएकोमा आइतबार घर पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए। चोरले घरमा रहेको पूजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए।
प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए। उनले घरबाट सुनका गरहना ८ तोला, तीन लाख नगद र ४ तोला चादी सामाग्री लगेको बताएका छन्।
Facebook Comments Box