कञ्चनपुर: कञ्चनपुरमा सिकारीले पासोमा पारेको पोथी चितुवाको जिवितै उद्धार गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाको– ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट बँदेल मार्न थापिएको पासोमा परेको चितुवाको उद्दार गरिएको हो।
आइतबार राति चितुवा पासोमा परेको थियो। स्थानीयहरुले चितुवा पासोमा परेको देखेपछि वनलाई खबर गरेका थिए। सोमबार बिहानै चितुवालाई पासो मुक्त गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताए।
डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले चितुवाको उद्दार गरेको हो।
Facebook Comments Box