काठमाडौं : वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ।
ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो। सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ।
ब्युरोले झुटा आश्वासनमा परी साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ।
Facebook Comments Box