काठमाडौं : सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ।
यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
Facebook Comments Box