दार्चुला – आसन्न स्थानीय तह चुनावका लागि दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तालमेल हुने भएको छ ।
एमालेको शैल्यशिखर नगर कमिटी र नेपाल कम्युनिष्ट पार्टीकाबीच शनिवार संयुक्त रुपमा निर्वाचनमा जाने सहमति भएको एमालेका विद्यार्थी नेता राजेशसिंह बिष्टले सीमारेखालाई बताए । एमालेको तर्फबाट पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, लक्ष्मी बिष्ट, गंगा जोशी र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भरत मल्ल, जीवन बिष्ट र मदनसिंह साहुले उक्त सहमति गरेका हुन् ।
‘शैल्यशिखरको हकमा सहमति जुटिसकेको र यही सहमति जिल्लाव्यापी रुपमा लागू गर्ने गरी थप छलफल भइरहेको छ,’ बिष्टले भने । एमालेले शैल्यशिखरमा बिजयसिंह धामीलाई मेयरको उम्मेदवार बनाएको छ । सत्तापक्षीय गठबन्धनका तर्फबाट कांग्रेसले पुनः अमरसिंह धामीलाई मेयरमा उठाएको छ ।