कैलाली– सत्ता गठबन्धन दलले धनगढी उमहागरपालिकामा नेपाली कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयरको उम्मेदवार उठाउने भएका छन् ।
शनिबार काठमाडौँबाट धनगढी फर्केका वडले आफूले मेयरको टिकट पाएको बताए। उनी मेयरको टिकटका लागि केही दिनदेखि काठमाडौँमा थिए। उनी यसअघि २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका थिए ।
उनी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै मेयर भएका थिए । यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिश भएको थियो ।
त्यस्तै, माओवादीले अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले अधिकारीलाई नै उपमेयर बनाउने तय भएको बताए ।
माओवादी उपमहानगर कमिटीले अधिकारीको नाम मेयरका लागि सिफारिश गरेको थियो । तर, गठबन्धन भएपछि उनी उपमेयर उठ्न तयार भएकी हुन् ।
उनी २०७४ को निर्वाचनमा पनि उपमेयरमा उम्मेदवार बनेकी थिइन् । त्यति वेला कांग्रेसकै सुशीला भट्ट उपमेयरमा निर्वाचित भएकी थिइन् । सत्तारूढ गठबन्धनले धनगढीका वडाध्यक्षमा पनि तालमेलको तयारी गरिरहेको छ।