कैलाली– सुदूरपश्चिममा पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
मधेश केन्द्रीत दलसँग चुनावी तालमेल गर्दै जसपाले धनगढीको मेयर र उपमेयरमा उम्मेदवार उठाएको हो । जसपाले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको हो ।
जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।
अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने जनाएको छ ।
Facebook Comments Box