एजेन्सी : भारतीय कांग्रेसका राज्यसभा सांसद धीरज साहूको घर तथा कार्यालयमा आयकर विभागको टोलीले छापा मारेर २०० करोड भारु बरामद गरेको छ । उनका विभिन्न स्थानमा रहेका घर र कार्यालयमा विभागले छापा मारेको हो ।
९ वटा दराजमा राखिएका दुई सय करोड भारु बरामद गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गन्ती जारी रहेकोले पैसा अझै बढ्न सक्ने समाचारमा उल्लेख छ ।
बरामद रकम ट्रकमा भरेर बैंकमा पठाइएको अमर उजालाले जनाएको छ । । उनी भारतका ठूलो उद्योगपतिसमेत हुन् ।
Facebook Comments Box