काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरेर विभागको सहायक निरीक्षकमा पदमा नियुक्ति लिएका थिए । केही समयपछि बढुवासमेत भएका उनले अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा लिएको अख्तियारको आरोप छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
Facebook Comments Box