काठमाडौं : एक जना जनप्रतिनिधि परस्त्रीसँग आपत्तिजनक (शारीरिक सम्बन्ध राखिरहेको) अवस्थामा पक्राउ परेका छन्।
सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन्।
नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।
उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए।
उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ। ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन्।
एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए।
Facebook Comments Box