काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ ।
घाइते हुनेमा दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का रहेका छन्।
उनी तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए। खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए।
उनी तीन महिनाअघि दुबई हुँदै रुस पुगेका थिए। रुसमै रहेका अर्का नेपालीले बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार थालिएको छ।
Facebook Comments Box