काठमाडौ : संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको जिम्मेवारी तोकेका हुन्।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेको भन्दै सभामुख घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन्।
Facebook Comments Box