चितवन : आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box