धनगढी सुदूरपश्चिमको हिमाली जिल्लासमेत रहेको दार्चुलाका विद्यार्थीहरुलाई न्यानो ज्याकेट प्रदान गरिएको छ। हालै दार्चुलाका तीन विद्यालयला छात्राछात्रहरुलाई न्यानो ज्याकेट प्रदान गरिएको हो।
सोअर एक्सन नेपालले प्रदान गरेका न्यानो ज्याकेटहरु हन्ड्रेड (१००) ग्रुपसहितको टोलीले हस्तान्तरण तथा वितरण गरेको हो।
हन्ड्रेड ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ता नेपालले दार्चुलाका ३ विद्यालयमा ज्याकेटहरु वितरण गरिएको जानकारी दिए। उनका अनुसार सो क्रममा सोअर एक्सन नेपालका डाइरेक्टर कर्मा शेर्पासहितको टोली पनि उपस्थित थियो।
जिल्लाको जगन्नाथ आधारभूत विद्यालय, भवन माध्यमिक विद्यालय र भगवती आधारभूत विद्यालयमा ज्याकेट दिइएको बताइएको छ। यी संस्थाहरुले यसअघि देखि नै नेपालका हिमाली जिल्लामा ज्याकेट वितरण गर्दै आएका छन्।
Facebook Comments Box