सुर्खेत : पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी भएको छ । भेरीगंगा नगरपालिका-४ हर्यमा बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो ।
मंगलबार आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएकाे छ ।
दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box