काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू बरामद भएको छ।
यति एयरको उडानमार्फत नेपालगन्जबाट काठ वाणिज्य बैंकहरुले कमाए २० अर्ब बढी खुद नाफामाडौँ ल्याइएको प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू प्रहरीले बरामद गरेको हो।
विशेष सूचनाको आधारमा आधारमा १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्लेहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामानहरू जय मां दुर्गा इम्पेक्स काठमाडौँको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको विमानस्थल स्रोतले जनाएको छ । बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको बताइएको छ ।
Facebook Comments Box